
काठमाडौं, ५ माघ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाल टी-ट्वेन्टी लिगमा स्पट फिक्सिङ भएको ठहर गरेको छ ।
प्रहरीले फिक्सिङ भएको ठहर गर्दैै प्रतिवेदन तयार पारेको छ । सीआइबीले सोमबार प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरेको छ । सुरूवात देखि नै विवादित बनेको लिगमा बेटिङ र स्पट फिक्सिङको आशंका गरिएको थियो। उक्त आशंकापछि सिआइबीले डिएसपीको नेतृत्वमा अनुसन्धान गरेको थियो।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पनि लिगमा भएको अवैध बेटिङ र फिक्सिङको आशंकामाथि अनुसन्धान गर्न निर्देशन दिएका थिए।
स्पट फिक्सिङ गरे बापत एक देखि ३ लाखसम्मको अफर गर्ने गरिएको देखिएको छ। नेपाल टी-२० लिग आयोजनाको सम्पूर्ण अधिकार नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई दिएको थियो। भारतीय कम्पनीलाई विना टेन्डर आयोजना अधिकार दिएपछि लिग विवादित बनेको थियो।
लिगको मुख्य प्रयोजक कम्पनी वान एक्स ब्याट रहेको थियो। यो कम्पनी बेटिङ गराउने वान एक्स बेटको सहायक कम्पनी हो। समूह चरणको खेल भइरहदा कमेन्टेटर सचिन तिमिल्सेनाले लिगमा फिक्सिङ भएको आशंका गर्दै आफू अलग भएको घोषणा गरेपछि लिग थप विवादित बनेको थियो।















प्रतिक्रिया