२९ आश्विन २०८३, बिहिबार

नापी अधिकृतसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ माघ  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी अधिकृत घनश्याम दुवेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । नापी कार्यालय रुपन्देहीका तत्कालीन नापी अधिकृत दुवे र सर्वेक्षक ठाकुरप्रसाद गुरौसहित चार जनाविरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो ।

रुपन्देहीको साबिक सेमलार गाविस वडा नम्बर २(ग), किनं ३४८३ को ११ धुर क्षेत्रफल जग्गा खरिद गरेकामा जग्गाधनीको कुनै अनुमति र जानकारीबिना नापी कार्यालयका कर्मचारीले पछाडिको मोहडापट्टिबाट ३ धुर क्षेत्रफल जग्गा उक्त कित्ताबाट हटाई नक्सा परिवर्तन गरेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

तत्कालीन नापी अधिकृत दुवे र सर्वेक्षक साबिकको सेमलार गाविस वडा नं. २(ग), किनं ३५९४ कित्ताकाट गरी किनं ४१९१ र ४१९२ कायम गर्दा किनं ४१९१ लाई किनं ३४३४ र किनं ३५८८ को बीचमा घुसाई किनं ३४८३ को क्षेत्रफल घटाई नक्सा परिवर्तन गरी सरकारी निकायको कागजातमा अनधिकार वा गैरकानुनी तरिकाले सच्याउने वा हेरफेर गर्ने कार्यलाई प्रमाणित गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिमको कसुर गरेको अख्तियारको ठहर छ ।

साथै, आयोगले बुटवल उपमहानगरपालिका वडा नं. १३ बस्ने शक्तिप्रसाद सापकोटा र पुष्पा सापकोटाले आफूहरूले फाइदा लिने उद्देश्यले किनं ३४८३ को क्षेत्रफल घटाई नक्सा परिवर्तन गर्ने कार्यमा सहयोग गरेको आरोपमा मुद्दा दायर गरेको छ । निजहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिमको कैद र जरिमानाको मागदाबी गरिएको छ । आजको राजधानी दैनिकमा खबर छ ।