३१ आश्विन २०८३, शनिबार

एमालेनिकट राष्ट्रिय युवा संघले यी पाँच जनामाथि गर्‍यो कारबाही (नामसहित)

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ माघ । नेकपा एमाले निकट जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालले पार्टी र संघको हितविपरीत गतिविधि गरेको भन्दै विभिन्न पाँच जना व्यक्तिलाई कारबाही गरेको छ ।

संघले तत्कालीन स्थायी कमिटी सदस्य तथा रौतहट जिल्ला इञ्चार्ज निवेश यादवसहित पाँच जनालाई कारबाहीस्वरुप साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ ।

संघले आज बिहीबार विज्ञप्ति जारी गरी उनीहरूमाथि कारबाही गरेको जानकारी दिएको हो ।

यी हुन् कारबाहीमा पर्नेहरू–

१. निवेश यादव, तत्कालीन स्थायी कमिटी सदस्य तथा रौतहट जिल्ला इञ्चार्ज
२. विश्वराज पटेल, पर्सा
३. शंकर लाखे, रामेछाप
४. गुणराज पुन, नवलपुर
५. वीरेन्द्र लामा, काभ्रे

उनीहरुले पार्टी र संघको हितविपरीत गतिविधि गरेको आरोप संघले लगाएको छ । निष्कासित सबै जनाले केन्द्रीय कमिटीमा प्रतिनिधि गर्दै आएका थिए ।