३१ आश्विन २०८३, शनिबार

उपसभामुखको निर्वाचन माघ ७ गते

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ माघ । प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन यही माघ ७ मा हुने भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले उक्त जानकारी गराएका हुन् ।

उपसभामुखको निर्वाचनका लागि सङ्घीय संसद् सचिवालयका सचिव गोपालनाथ योगीलाई निर्वाचन अधिकृत तोकिएको छ ।

सचिवालयलाई उक्त निर्वाचनसम्बन्धी सूचना आजै जारी गर्न बैठकले निर्देशन गरेको छ ।