१ कार्तिक २०८३, आइतबार

वर्षमान पुनलाई भेट्न अस्पताल पुगे वरिष्ठ उपाध्यक्ष पोखरेल

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ माघ । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा (माओवादी केन्द्र) का महासचिव वर्षमान पुनलाई अस्पताल पुगेर भेटेका छन् ।

बिहीबार वरिष्ठ उपाध्यक्ष पोखरेलले ललितपुरस्थित सुमेरु अस्पतालमा पुगेर पुनलाइ भेटेका हुन् । पोखरेलले पुनको स्वास्थ्य अवस्थाकाबारेमा जानकारी लिनुका साथै शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

केही दिनअघि कार्यक्रमका लागि रोल्पा पुगेका पुनको स्वास्थ्यमा समस्या आएपछि हेलिकोप्टरमार्फत काठमाडौं ल्याएर सुमेरु अस्पताल भर्ना गरिएको थियो ।

पुन गम्भीर प्रकारको जण्डिसबाट पीडित छन् ।