मंगलबार, २५ वैशाख २०८१
DainikNepal.com
मंगलबार, २५ वैशाख २०८१

दिनभरका TOP 15 NEWS

दैनिक नेपाल २०७९ माघ ४ गते २०:५२

काठमाडौं, ४ माघ । सरकारका मन्त्रीहरुले विदेशी प्रतिनिधिहरुसँग भेट गर्दा परराष्ट्र मन्त्रालयका कर्मचारीलाई साथमा राख्नुपर्ने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्र मन्त्रालयका कर्मचारी बिना विदेशी प्रतिनिधिसँग भेटघाट गर्न नपाउने निर्णय गरेको हो ।

यस्तै मन्त्रिपरिषद्ले उखुको मूल्य प्रति क्वीन्टल ५४० रुपैयाँ तोक्दै ढुवानी भाडा प्रतिक्वीन्टल ७० रुपैयाँ सरकारले व्यहोर्ने निर्णय पनि गरेको छ ।

यस्तै बुधबार प्रतिनिधि सभाको सभामुखका लागि दुई जनाको उम्मेदवारी परेको छ । नेकपा एमाले देवराज घिमिरेले उम्मेदवारी दिएका हुन् भने नेपाली काँग्रेस ईश्वरी न्यौपानेले उम्मेदवारी दिएकी छिन् ।

हेरौँ बुधबार दिनभरका मुख्य -मुख्य समाचारका हेडलाइनहरु

१. मन्त्रिपरिषद्को निर्णय : मन्त्रीहरुले विदेशी प्रतिनिधिहरुसँग भेट्दा परराष्ट्र मन्त्रालयका कर्मचारी अनिवार्य राख्नुपर्ने, उखुको मूल्य प्रति क्वीन्टल ५४० रुपैयाँ तोक्दै ढुवानी भाडा प्रतिक्वीन्टल ७० रुपैयाँ सरकारले व्यहोर्ने मन्त्रिपरिषद्को निर्णय ।

२. सभामुखमा घिमिरे र न्यौपानेको उम्मेदवारी : प्रतिनिधि सभाको सभामुखका लागि नेकपा एमालेबाट देवराज घिमिरेको उम्मेदवारी दर्ता, काँग्रेसबाट ईश्वरी न्यौपानेले दर्ता गराइन् उम्मेदवारी ।

३. प्रधानमन्त्री र राजदूतबीच भेट : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र बेलायती राजदूत निकोला पोलिटबीच शिष्टाचार भेटवार्ता, द्विपक्षीय सम्बन्ध लगायत विविध विषयमा छलफल ।

४. आफ्नैसँग सशंकित : सभामुखकी उम्मेदवार ईश्वरी न्यौपानेलाई मतदान गर्न काँग्रेसले जारी ग¥यो ह्वीप, सांसदहरु अनुपस्थित हुन र तटस्थ बस्न पनि नपाउने ।

५. राज्यमन्त्री सिर्पालीले लिइन् सपथ : नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पालीले लिइन् पद तथा गोपनीयताको सपथ, मंगलबार सपथ लिन छुटेकी मन्त्री सिर्पालीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारमा गराए सपथ ।

६. प्रयासरत छौँ : मुलुकको अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि प्रयास गरिरहेको अर्थमन्त्री विष्णुप्रसाद पौडेलको भनाइ, भूकम्प र कोरोनाले झुकाउन नसकेको अर्थतन्त्र समस्यामा फस्नु गम्भीर बिषय भएको टिप्पणी ।

७. धमाधम शव बुझाइँदै : गत आइतबार पोखरामा भएको यति एयरको विमान दुर्घटनामा मृत्यु भएकाको शव परिवारलाई बुझाइँदै, पहिचानमा कठिनाइ भएका शवको डीएनए परीक्षण गरेर परिवारलाई बुझाइने ।

८. अध्ययन टोली पोखरामा : गत आइतबार पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनाको अध्ययन गर्न फ्रान्सेली विमान निर्माण कम्पनीको टोली पोखरामा, दुर्घटनाको कारण विमानको प्राविधिक समस्या हो वा होइना पत्ता लगाउने ।

९. यादवमाथि शतप्रतिशत विश्वास : मधेश प्रदेशका मुख्यमन्त्री रामसरोज यादवले संसदबाट पाए विश्वासको मत, १०२ सांसद उपस्थित भएकामा सबै मत मुख्यमन्त्री यादवलाई ।

१०. उपसभामुख बनिन् न्यौपाने : कर्णाली प्रदेशको उपसभामुखमा नेकपा माओवादी केन्द्रकी यशोदा न्यौपाने निर्वाचित, ४० सदस्यीय प्रदेश सभाबाट न्यौपानेले पाइन २४ मत ।

११. कलेजो नै प्रत्यारोपण गर्नुपर्ने : नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको कलेजो प्रत्यारोपण गर्नुपर्ने, ८० प्रतिशत कलेजोले काम गर्न छोडिसकेको सुमेरु अस्पतालद्वारा जानकारी ।

१२. राष्ट्रपति मेरो लागि होइन : राष्ट्रपति पद आफ्नो लागि नभएको वरिष्ठ नेत्र चिकित्सक डा सन्दुक रुइतको भनाई, सबै मिलेर राष्ट्रपतिको गरिमा बढाउनुपर्नेमा जोड ।

१३. बसको ठक्करबाट मृत्यु : सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–३ मा बसको ठक्करबाट एक वृद्धको मृत्यु, मृत्यु हुनेमा ६५ वर्षीय राजेन्द्र बिस्वास ।

१४. हेलिकोप्टर दुर्घटना : युक्रेनमा भएको हेलिकोप्टर दुर्घटनामा गृहमन्त्रीसमित १६ जनाको मृत्यु, मृत्यु हुनेमा गृहमन्त्री डेनिस मोनास्ट्रास्के र उनका उपमन्त्रीसहित गृहमन्त्रालयका उच्च अधिकारीहरु ।

१५. मधेश सेमिफाइनलमा : मधेश प्रदेश इटहरीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश, लुम्बिनी प्रदेश १६ रनले पराजित ।

प्रतिक्रिया
सम्बन्धित