मंगलबार, २५ वैशाख २०८१
DainikNepal.com
मंगलबार, २५ वैशाख २०८१

दिनभरका TOP 15 NEWS

दैनिक नेपाल २०७९ माघ ३ गते २२:१३

काठमाडौं, ३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

प्रधानमन्त्रीले प्रचण्डले साझेदार दलहरुबाट १२ मन्त्रीसहित २ राज्यमन्त्री नियुक्त गरेका हुन् । मन्त्रीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको सपथ लिएर मंगलरबार नै पदभार ग्रहणसमेत गरेका छन् ।

यसैबीच, गत आइतबार पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटना मृत्यु हुनेको संख्या ७१ पुगेको छ । मंगलबार थप एकजनाको शव भेटिएसँगै ७१ मृत्यु पुष्टि भएको हो ।

अझै एकजना बेपत्ता छन् । उनको उद्दार टोलीले खोजी गरिरहेको छ ।

हेरौँ मंगलबारको दिनभरका मुख्य मुख्य समाचारका हेडलाइनहरु-

१. मन्त्रिमण्डलले पायो पूर्णता : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा मन्त्रिमण्डल विस्तार, १२ जना मन्त्री र २ जना राज्यमन्त्रीले लिए पद तथा गोपनीयताको सपथ ।

२. काँग्रेससँग ओली सशंकित : राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख पदका लागि सत्ता गठबन्धनसँग छलफल गर्न काँग्रेस तयार तयार, काँग्रेसले खेलेर राष्ट्रपति लिन खोजेको एमाले अध्यक्ष केपी शर्मा ओलीको आरोप ।

३. प्रधानमन्त्री पुगे अस्पताल : प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ललितपुरस्थित सुमेरु अस्पताल पुगेर माओवादी केन्द्रका महासचिव वर्षमान पुनलाई भेटे, पुनको स्वास्थ्य अवस्थाबारेमा चिकित्सकसँग लिए जानकारी ।

४. रोजेको मन्त्रालय नपाएपछि… : आफूले रोजेको मन्त्रालय नपाएपछि सिके राउत नेतृत्वको जनमत पार्टीबाट मन्त्री बनेका अब्दुल खान असन्तुष्ट, पदभार ग्रहण गर्न मन्त्रालय नै गएनन् ।

५. सभामुखको निर्वाचन हुँदै : प्रतिनिधिसभाको सभामुख चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक, पुस ५ गते बिहीबार बिहान ११ बजे निर्वाचन हुँने ।

६. सहज सेवा प्रवाहलाई प्राथमिकता दिइन्छ : मन्त्रालय मातहतको कार्यालयमा जनताको सहज सेवा प्रवाहलाई प्राथमिकता दिइने परराष्ट्रमन्त्री डा.विमला राई पौडेलको प्रतिवद्वता, भइरहेको नीतिमा अप्ठेरोमा समस्या भए सुधार गर्न सकिने तर भइरहेको नीतिलाई परिवर्तन गर्न नहुनेमा जोड ।

७. शव काठमाडौं ल्याइयो : पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकामध्ये ४८ जनाको शव काठमाडौं ल्याइयो, परीक्षणपछि आफन्तलाई बुझाइने ।

८. थप एकजनाको शव फेला : पोखरामा गत आइतबार भएको यति एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएका थप एकजनाको शव भेटियो, हालसम्म ७१ ज्नाको मृत्यु पुष्टि, बाँकी एकजनाको खोजी जारी ।

९. पाए विश्वासको मत : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले संसदबाट पाए विश्वासको मत, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएर आलोचित बनिरहेको काँग्रेसले पनि दियो विश्वासको मत, राष्ट्रिय जनमोर्चा मात्रै विपक्षमा ।

१०. मण्डल बने सभामुख : मधेश प्रदेशको सभामुखमा नेकपा एमालेका रामचन्द्र मण्डल निर्वाचित, मण्डलको पक्षमा ७४ जनाले मतदान गर्दा विपक्षमा २९ जनाको मत ।

११. उपसभामुख बनिन् केसी : लुम्बिनी प्रदेशको उपसभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी मेनुका केसी निर्वाचित, नागरिक उन्मुक्ति पार्टीकी निर्मलादेवी थारु चौधरी र नेपाली कांग्रेसका विश्वप्रेम पाठकले उम्मेदवारी फिर्ता लिएपछि केसीलाई हाइसन्चो ।

१२. पलले पाए सफाइ : नाबालिका बलात्कार आरोपमा अभिनेता पल शाहले तनहुँ जिल्ला अदालतबाट पाए सफाइ, अभियोग दाबी नपुगको अदालतको दाबी ।

१३. महिला बलात्कृत : दाङमा घाँस काट्न गएकी ३३ वर्षीया महिला बलात्कृत, बलात्कार आरोपमा घोराही उपमहानगरपालिका–२ बस्ने ३७ वर्षीय नमराज पौडेल पक्राउ ।

१४. आक्रमणमा सैनिकको मृत्यु : सोमालियाको सैन्य आधार क्षेत्रमा अल सबाबका लडाकुले गरेको आक्रमणमा एक जना वरिष्ठ सैनिक अधिकारीसहित ११ जना सैनिकको मृत्यु, विष्फोटक पदार्थले भरिएको कार सैनिक शिविरमा विष्फोट गराएर सेनामाथि आक्रमण, दर्जनौँ अल सबाबका लडाकु पनि मारिए ।

१५. सुदूरको लगातार तेस्रो जित : इटहरीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–ट्वेन्टी क्रिकेटमा सुदूपश्चिम प्रदेशको लगातार तेस्रो जित, साविक विजेता एपीएफ क्लब ४ विकेटले पराजित ।

प्रतिक्रिया
सम्बन्धित