
काठमाडौं, १ माघ । यति एयरलाइन्सको विमान आइतबार पोखरामा दुर्घटना भएको छ ।
काठमाडौंबाट पोखराका लागि बिहान उडेको यतिको एटिआर–७२ विमान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुअघि सेतीको खोँचमा दुर्घटना भएको हो । अहिले जहाजमा लागेको आगो निभाइएको छ ।
सुरक्षाकर्मीहरुले यात्रुहरुको उद्दारको प्रयास गरिरहेका छन् । जहाजमा चार जना चालक दलका सदस्यसहित ७२ जना सवार थिए।
जहाजमा सवार अधिकांशको मृत्यु भएको आशंका गरिएको छ ।















प्रतिक्रिया