२९ आश्विन २०८३, बिहिबार

अध्यक्षसँग ‘अन्तर्दृष्टि’ का कुरा…

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका, १ माघ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को साप्ताहिक अनलाइन कार्यक्रम अनेसास संवादको १८औँ शृंखला शनिबार प्रस्तुत गरिएको छ ।

यसपटक ‘अध्यक्षसँग अनेसासका कुरा’लाई अनेसासको प्रकाशन ‘अन्तर्दृष्टि’ विशेष गरिएको थियो । कार्यक्रममा अनेसासका सल्लाहकार प्रतीक ढकालले अन्तर्दृष्टिको गुणात्मक पक्षलाई केलाएका थिए भने प्रधान सम्पादक लागगोपाल सुवेदीले पत्रिकामा स्तरीय रचना र विधागत विविधतालाई ध्यान दिइएको बताए ।

कार्यक्रममा केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजा, वरिष्ठ उपाध्यक्ष सर्वज्ञ वाग्ले, उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, सदस्य सरिता अर्याल, सह–कार्यकारी सम्पादक डा. शशी थापा, अनेसास न्यूह्यामसायर च्याप्टरका प्रधान सम्पादक ईश्वरी भट्ट, अनेसास फ्लोरिडा च्याप्टर अध्यक्ष डा. अमरबहादुर कार्की, साहित्यकार मोहराज शर्मालगायतको सहभागिता र मन्तव्य रहेको थियो ।

छलफलमा अन्तर्दृष्टि प्रकाशन कोषको स्थापनादेखि अनेसास सर्वोत्कृष्ट सिर्जना पुरस्कार स्थापनाको कुरा गरिएको थियो ।

अनेसासको प्रकाशन अन्तर्दृष्टि तीन दशकदेखि निरन्तर प्रकाशित भइरहेको डायस्पोराको एक मात्र साहित्यिक पत्रिका हो । जसको ४८औँ अंकको यसपटक चर्चा गरिएको हो ।