२९ आश्विन २०८३, बिहिबार

कांग्रेसको नजर राष्ट्रपति र सभामुखतर्फ, सत्तापक्षसँग भित्रभित्रै संवाद

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ माघ ।संसद्को ठूलो दल बनेर पनि सत्ता नेतृत्व गुमाएको नेपाली कांग्रेसले राज्यको दुई मुख्य पद राष्ट्रपति र सभामुखतर्फ नजर लगाएको छ ।

गत २६ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको कांग्रेसले राष्ट्रपति र सभामुखमा सत्ताभित्र र बाहिर रहेका दलसँग संवाद नीति लिएको हो ।

कांग्रेसले गत बिहीबार बसेको पदाधिकारी बैठकमार्फत सभामुख चयन विषयमा बाहिर र सत्ताधारी दलसँग संवाद अघि बढाउने निर्णय गरेको थियो । सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बिहीबार बसेको कांग्रेस पदाधिकारी बैठकले सो निर्णय गरेको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी गराए ।

‘पहिले सभामुख विषयमा छलफल अघि बढाउँछौं र अन्य दलको धारणा बुझ्छौं, सभामुख चयनपछि राष्ट्रपतिका विषयमा पनि कांग्रेसले सत्ताधारी र सत्ताबाहिर रहेका दलसँग छलफल गर्छ,’ कांग्रेस प्रवक्ता महतले भने ।

कांग्रेसले राष्ट्रपतिका लागि नेता कृष्णप्रसाद सिटौला र रामचन्द्र पौडेलमध्ये एकलाई अघि सार्ने तयारी गरिरहेको छ । प्रधानमन्त्री प्रचण्डलाई प्रधानमन्त्रीमा विश्वासको मत दिने वातावरण कांग्रेसभित्र सिटौलाले नै बनाएको समाचार राजधानी दैनिकले छापेको छ ।

प्रधानमन्त्री प्रचण्डले समेत शनिबार एक कार्यक्रममा राष्ट्रपति र सभामुख चयन’दयगत कांग्रेससँग पनि छलफल हुने भन्दै कांग्रेसलाई समेत समेटेर अघि बढ्ने संकेत गरिसकेका छन् । कांग्रेसले सभामुखका लागि भने अर्जुननरसिंह केसी, विमलेन्द्र निधि र ज्ञानेन्द्रबहादुर कार्कीमध्ये एक जनालाई उम्मेदवार बनाउने’ छलफल गरिरहेको समाचारमा उल्लेख छ ।