
काठमाडौं, ३० पुस । गण्डकी प्रदेशको सभामुखमा कृष्णप्रसाद धिताल निर्वाचित भएका छन् ।
शनिबार भएको मतदानबाट माओवादी केन्द्रका धिताल निर्वाचित भएका हुन् । ६० सदस्यीय प्रदेशसभाबाट धितालले ३२ मत पाए। उनकी प्रतिस्पर्धी नेपाली काँग्रेसकी उम्मेदवार सरसस्वती आर्यालले २६ मत पाइन् ।
स्वतन्त्र सांसद दीपक मनांगेले पनि धितालको पक्षमा मतदान गरेका थिए । मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत लिंंदा पुस २५ गते भने उनी अनुपस्थित थिए। धिताल गोरखा १ ‘क’ बाट विजयी भएका थिए ।















प्रतिक्रिया