१ कार्तिक २०८३, आइतबार

पाँच महिनामा ९२ अर्ब ७८ करोड बराबरको धितोपत्र सूचीकृत

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३९ पुस । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म ९२ अर्ब ७८ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।

केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालु आवको पाँच महिनाको विवरणअनुसार समीक्षा अवधिमा ३५ अर्ब बराबरको विकास ऋणपत्र, २८ अर्ब ४४ करोड बराबरको ऋणपत्र, ११ अर्ब ५० करोड बराबरको साधारण शेयर, नौ अर्ब ७४ करोड बराबरको बोनस शेयर, चार अर्ब ४९ करोड बराबरको म्युचुअल फण्ड र तीन अर्ब ५९ करोड बराबरको हकप्रद शेयर गरी कूल ९२ अर्ब ७८ करोड बराबरको थप धितोपत्र सूचीकृत भएको छ ।

त्यस्तै समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले सात अर्ब २० करोड बराबरको डिबेन्चर, पाँच अर्ब ९५ करोड बराबरको म्युचुअल फण्ड, दुई अर्ब ४५ करोड बराबरको साधारण शेयर र ९५ करोड बराबरको हकप्रद शेयर गरी कूल १६ अर्ब ५५ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको सार्वजनिक विवरणमा उल्लेख छ ।

नेप्सेमा चालु आवको मङ्सिर मसान्तमा सूचीकृत छ अर्ब ९३ करोड शेयरको चुक्ता मूल्य छ खर्ब ८३ अर्ब ७६ करोड रहेको थियो ।