१ कार्तिक २०८३, आइतबार

बालेनले मागे सुरक्षा

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ पुस । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले गृहमन्त्रालयसँग सुरक्षा मागेका छन् ।

आफूमाथि खतरा बढेको भन्दै बालेनले व्यक्तिगत सुरक्षाकर्मी (पिएसओ) माग गरेका हुन् । काठमाडौंमा अतिक्रमण हटाउने कामलाई तीव्रता दिएपछि आफूमाथि धम्की बढेको मेयर बालेनले बताएका छन्।

गृह मन्त्रालयको निर्देशनपछि कार्यविधिविपरीत खटिएका नेपाल प्रहरीका एक सय ९० जना तथा सशस्त्र प्रहरीमा एक सय २६ जना फिर्ता गरिएका छन्।

शान्ति सुरक्षा महाशाखाले निवेदन उपर जाँचबुझ गरी आवश्यक ठहर भएमा सुरक्षाकर्मी पठाउने बताएको छ ।