१ कार्तिक २०८३, आइतबार

सन्दीपले बुझाए २० लाख धरौटी

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ पुस । क्रिकेटर सन्दीप लामिछानेले धरौटी बुझाएका छन् ।

उच्च अदालत पाटनले बिहीबार सन्दीपलाई धरौटीमा रिहा गर्न आदेश दिएसँगै सन्दीपले आज दाईमार्फत २० लाख धरौटी बुझाएका हुन् । धरौटी बुझाएसँग सन्दीप आजै छुट्ने भएका छन् ।

सन्दीप दिउँसो ३ बजेसम्म छुट्ने बताइएको छ । छुट्नुअघि सन्दीपको स्वास्थ्य परीक्षण हुनेछ । बलात्कार आरोप लागेका सन्दीपलाई काठमाडौं जिल्ला अदालतले गत कात्तिक १८ गते पुर्पक्षका लागि कारागार चलान गरेको थियो ।

जिल्ला अदालतको आदेशविरुद्व सन्दीपले पुनरावेदन निवेदन दिएकामा बिहीबार सुनुवाई हुँदै धरौटीमा छोड्न उच्च अदालतले आदेश दिएको थियो ।