१ कार्तिक २०८३, आइतबार

शुक्रबार पनि बढ्यो सुनचाँदीको मूल्य बढ्यो

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ पुुस । वर्षकै रकर्ड तोडिरहेको सुनको मूल्य शुक्रबार पनि बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार शुक्रबार सुन प्रतितोला ५ सयले बढेको हो । शुक्रबार छापावाल सुन प्रतितोला एक लाख तीन हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, तेजाबी सुन प्रतितोला एक लाख तीन हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। महासंघकाअनुसार शुक्रबार चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेको छ ।

चाँदी प्रतितोला एक हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।