बुधबार, २६ वैशाख २०८१
DainikNepal.com
बुधबार, २६ वैशाख २०८१

कलेजोसम्बन्धी समस्या भएकाहरूले नर्भिकबाट निःशुल्क परामर्श सेवा पाउने

दैनिक नेपाल २०७९ पुष २८ गते १५:५०

काठमाडौं, २८ पुस । कलेजोसम्बन्धी समस्या भएका बिरामीहरूले नर्भिक इन्टरनेशनल हस्पिटलबाट निःशुल्क परामर्श सेवा पाउने भएका छन् ।

हस्पिटलले उपलब्ध गराउँदै आएको निःशुल्क ओपीडी सेवा अभियानअन्तर्गत आउँदो शनिबार पहिलोपटक कलेजोसम्बन्धी समस्या भएकाहरूका लागि निःशुल्क परामर्श सेवा दिन लागिएको अस्पतालले जनाएको छ ।

नर्भिक अस्पतालले विगत केही महिनादेखि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ‘निःशुल्क ओपीडी अभियान’ सञ्चालन गर्दै आएको छ । यसअघिका कैयन साताहरूका ओपीडी यूरोलोजीसँग सम्बन्धित थियो ।

पहिलोपटक कलेजोसँग सम्बन्धित समस्या भएका बिरामीहरूलाई सेवा दिने उद्देश्यले शनिबार विशेष ओपीडी सञ्चालन गर्न लागिएको हो । शनिबार बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म अस्पतालका वरिष्ठ कलेजो रोग विशेषज्ञ तथा शल्यचिकित्सक डा. परदेज सापकोटा नेतृत्वको टीमले निःशुल्क ओपीडी सेवा सञ्चालन गर्नेछ ।

निःशुल्क ओपीडीमा कलेजोको सिरोसिस, जण्डिस, फ्याटी लिभर भएका, पेटमा पानी जमेका जस्ता समस्या भएका बिरामीहरू तथा कलेजो बारे सम्पूर्ण रोगको निःशुल्क परामर्श सेवा आवश्यकले अवसर पाउनेछन् ।

निःशुल्क ओपीडीमा सहभागी हुन चाहनेले नर्भिक इन्टरनेशनल हस्पिटलको ल्याण्डलाइन नम्बर ०१५९७००३२ तथा मोबाइल नम्बर ९८८०८८८००० मा सम्पर्क गरी अपोइन्टमेन्ट बुक गर्न सक्नेछन् ।

नर्भिक अस्पतालले केही दिनअघि पत्रकार सम्मेलनको आयोजना गरी कलेजो प्रत्यारोपण सेवाका लागि आवश्यक प्रक्रियाहरू अगाडि बढाइएको बताएको थियो । अस्पतालले यसअघि नै मृगौला प्रत्यारोपण सेवा भने सफलतापूर्वक सुरु गरिसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित