मंगलबार, २५ वैशाख २०८१
DainikNepal.com
मंगलबार, २५ वैशाख २०८१

दिनभरका TOP 15 NEWS

दैनिक नेपाल २०७९ पुष २७ गते २२:१७

काठमाडौं, २७ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच बुधबार साँझ बालकोटमा भेटवार्ता भएको छ ।

गोरखा महोत्सवको उद्घाटन गर्न गोरखा गएका प्रचण्ड फर्के लगत्तै ओलीलाई भेट्न ओली निवास बालकोट पुगेका हुन् । प्रचण्ड र ओलीबीच मन्त्रालयको बाँडफाँड टुँग्याउने साथै सभामुखको निर्वाचनका विषयमा छलफल भएको बताइएको छ ।

यसैबीच, बुधबार १०३औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ । यही अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरिन् ।

सरकारले पृथ्वीजयन्तीको अवसरमा बुधबार सार्वजनिक बिदा दिएको थियो ।

हेरौँ बुधबार दिनभरका मुख्य -मुख्य समाचारका हेडलाइनहरु-

१.प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेट : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा भेटवार्ता, मन्त्रालय बाँटफाँड, सभामुखको निर्वाचन लगायतका विषयमा छलफल ।

२. चूनौतीपूर्ण अवसर पाएका छौँ : नेपालको इतिहासमा मुलुकलाई अघि बढाउने चूनौतीपूर्ण अवसर प्राप्त भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाई, आर्थिक समृद्धिको यात्राको परिकल्पनालाई सफलतापूर्वक कार्यान्वयन गर्न सके समाजवादतर्फको यात्राको आरम्भ हुनसक्ने र नेपाल नयाँ युगतर्फ जाने तर्क ।

३. पृथ्वी जयन्ती मनाइयो : ३०१ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम गरी मनाइयो, राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सिंहदरबारको मूलद्वारमा रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण ।

४. सरकारको निर्णय स्वागत योग्य : सरकारले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने निर्णय गरेर रामो गरेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भनाइ, नेपालको एकीकरण गरेर पृथ्वीनारायण शाहले सिंगो नेपाललाई एकताबद्ध गरेको स्मरण ।

५. सांसदलाई पक्राउ गर्न निर्देशन : नेकपा एमालेका फरार सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिइसकेको गृहमन्त्री रवि लामिछानेको भनाइ, मंगलबारको संसद बैठकमा आफूले महतोलाई नदेखेको प्रतिक्रिया ।

६. प्रतिपक्षी नै हौँ : प्रधानमन्त्रीलाई विश्वासको मत दिएपनि संसदमा आफूहरुको भूमिका रचनात्मक प्रतिपक्षीकै हुने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको भनाई, विश्वासको मत दिएर प्रतिपक्षमा बसेको अनुभव २०५१ सालमा नै रहेको स्मरण ।

७. गिरी र रावल मुख्यमन्त्री बने : लुम्बिनी र सुदूरपश्चिम प्रदेशले पायो एमालेबाट मुख्यमन्त्री, लुम्बिनीको मुख्यमन्त्रीमा लीला गिरी र सुदूरपश्चिमको मुख्यमन्त्रीमा राजेन्द्रसिंह रावल नियुक्त ।

८. आलोपालोमा मुख्यमन्त्री बने शर्मा : कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका राजकुमार शर्मा नियुक्त, एमालेसँग आलोपालोको सहमतिअनुसार साढे दुई वर्षपछि एमालेका यामलाल कँडेले मुख्यमन्त्री बन्ने ।

९. मधेशले पनि पायो मुख्यमन्त्री : मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टीका सरोजकुमार यादव नियुक्त, नेकपा (एमाले), जसपा, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), राप्रपा, नागरिक उन्मुक्ति पार्टी साथै स्वतन्त्र सांसदद्वय सुरिता साह र अनुरुध सिंहसहित ६३ जनाको समर्थन ।

१०. भण्डारी र रावल चुनावी मैदानमा : सुदूरपश्चिम प्रदेशको सभामुखका लागि नेकपा माओवादी केन्द्रका भीम भण्डारी र काँग्रेसका मानवहादुर रावल चुनावी मैदानमा, भोलि निर्वाचन हुँदै ।

११. आर्थिक वृद्विदर घट्यो : नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष सन २०२२/०२३ मा पाँच दशमलव एक र २०२३/०२४ मा चार दशमलव नौ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण, सन् २००९ र २०२० पछि यस वर्ष सबैभन्दा कम आर्थिक वृद्धिदर रहेको उल्लेख ।

१२. दुई युवकको मृत्यु : पर्साको विरगंज महानगरपालिका २२ मा रहेको कोइला डिपोमा दुई भारतीय युवकको निसास्सिएर मृत्यु, मृत्यु हुनेमा भारत बिहारको मोतिहारी घर भएका २९ वर्षका पवित्र गिरी र ३० वर्षीय मिथिलेस यादव ।

१३. कोरोनाको त्रास : नेपालमा बुधबार दुई जना कोरोना संक्रमित थपिए, ६ जना संक्रमणमुक्त ।

१४. दाजुभाईमाथि ने प्रतिबन्ध : श्रीलङ्काका पूर्वराष्ट्रपति गोटाबाया र उनका भाई महिन्दा राजापाक्षलाई क्यानडा सरकारले लगायो प्रतिबन्ध, गृहयुद्धका बेला मानवअधिकार हनन गरेको आरोपमा ।

१५. उपाधि लुम्बिनीको पोल्टामा : काठमाडौंमा भएको पहिलो संस्करणको नेपाल टी ट्वेन्टी लिगको उपाधि लुम्बिनी अल स्टार्सलाई, फाइनलमा विराटनगर सुपर किंग्स २४ रनले पराजित ।

प्रतिक्रिया
सम्बन्धित