२८ आश्विन २०८३, बुधबार

६० जना सन्तान जन्माए, अर्को बिहे गरेर अझ छोराछोरी पाउने इच्छा

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० पुस । पाकिस्तानको बलुचिस्तान प्रान्तको राजधानी क्वेटाका सरदार हाजी जान मोहम्मदले आफ्नो ६०औँ सन्तान जन्मेको दाबी गरेका छन्।

उनले आफ्ना पाँच सन्तानको मृत्यु भएको अर्थात् उनकै भाषामा उनीहरू ‘अल्लाहको प्रिय भएका’ र ५५ जना जीवित र स्वस्थ रहेको बताए। यति धेरै सन्तान जन्माइसकेका उनले अझै पनि आफू बच्चा जन्माउन नछाड्ने बताए।

थप बच्चा जन्माउनका लागि उनले चौथो विवाह गर्ने योजना पनि बनाएका छन्। पचास वर्षीय सरदार जान मोहम्मद खान क्वेटा सहरको पूर्वी बाइपासनजिकै बस्छन्।

उनी खालजी समुदायका हुन्। उनी डाक्टर हुन् र उनको त्यही क्षेत्रमा क्लिनिक छ।

उनले आफ्नो ६०औँ सन्तानका रूपमा आइतवार छोरा जन्मिएको बताए। उनले ती बालकको नाम खुशहाल खान राखेका छन्।
-बीबीसी नेपालीबाट