
काठमाडौं, १७ पुस । नेपालमै पहिलो पटक सुरूमा उपचार सेवा लिएपछि मात्रै भुक्तानी गर्न मिल्ने गरी क्यासलेस मेडिकल सेन्टर सञ्चालनमा आएको छ ।
जसबाट सुरूमै रकम बोकेर जानुपर्ने बाध्यताबाट मुक्ति मिलेको छ । सुरूको उपचार सेवालाई विशेष ध्यान दिँदै पहिले सेवा र त्यसपछि मात्र भुक्तानी भन्ने अवधारणा ल्याइएको सञ्चालक डा. विशाल ढकालले बताए ।
यस किसिमको सेवा नेपालमै र सम्भवत: दक्षिण एशियामै पहिलोपटक हो । यस मेडिकल सेन्टरमा सुरूमा उपचार सेवा लिएपछि मात्र अन्तिममा बिल प्राप्त हुनेछ । जुन रकमको भुक्तानी कुनै पनि माध्यमबाट सोही महिनाको अन्तिममा तथा किस्ताबन्दीमा भुक्तानी गर्न सकिने कार्यविधि बनाइएको छ ।

मेडप्रो इन्टरनेशनल प्रालिको सञ्चालनमा मेडप्रो इन्टरनेशनल मेडिकल सेन्टर राजधानीको धुम्बाराहीमा सञ्चालनमा आएको हो । जहाँ सुरूमा उपचार गरेर मात्र भुक्तानीको प्रक्रिया सुरू हुने बताइएको छ । मेडिकल सेन्टरको सुविधा लिन सुरूमा सदस्य बन्नुपर्नेछ । सदस्य बनेपछि मात्र सेवा लिन सकिने भएकाले सुरूमा दर्ता हुनुपर्नेछ । यस सेन्टरमा क्रेडिट बेशमा सेवा लिन पाइनेछ । जहाँ डाक्टरहरूको अपोइन्टमेन्ट लिएर मात्र उपचार गर्न सकिनेछ ।
यो पोलिक्लिनकल स्तरको मेडिकल सेन्टर हो । जसमा एक्स–रे, अल्ट्रासाउण्ड, ल्याब्रोटरी सेवा, विशेषज्ञ डाक्टरहरूको परामर्श सेवा जस्ता सुविधाहरू रहेका छन् । एकै स्थानबाट सबै किसिमका उपचार हुने छन् । जसले घरमै पुगेर समेत उपचार सेवा गर्ने छ । अङ्ग्रेजी नयाँ वर्ष २०२३ को उपलक्ष्यमा यस मेडिकल सेन्टरलाई सञ्चालनमा ल्याइएको बताइएको छ ।
कम्पनीबाट सुरूमा रोग निदान गरेर सोही अनुसारको सेवा प्रदान हुनेछ । यसमा सुगर, प्रेसर, मुटुरोगलगायत दीर्घ रोगीका साथै सबै किसिमका रोगहरूको उपचार सेवा प्रदान हुने जनाएको छ ।













प्रतिक्रिया