
कपिलवस्तु, १६ पुस । कपिलवस्तुको शिवराज नगरपालिकाले मेयर स्वरोजगार कार्यक्रमको कार्यविधि पारित गरेको छ । नगरपालिकाको ७ औं कार्यपालिका बैठकले मेयर स्वरोजगार कार्यविधि पारित गरेको शिवराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेले जानकारी दिए ।
कपिलवस्तुमा रहेको १० वटा पालिका मध्य जनतासँग प्रत्यक्ष सरोकारको विषयममा विभिन्न निर्णय गर्दै आएको शिवराज नगरपालिकाले मेयर स्वरोजगार कार्यक्रमको कार्यविधि पारित गरेर मेयर स्वरोजगार कार्यक्रम लागु गरेको शिवराजका मेयर अजय थापाले जानकारी दिए । नगरपालिका भित्र सञ्चालनमा रहेका उद्योगहरुले आफना उद्योगमा शिवराज नगरपालिका भित्र रहेका ५० प्रतिशत युवाहरुलाई रोजगार दिनु पर्ने कार्यविधि पारित गरिएको थापाले बताए । अन्य पालिका भन्दा शिवराजमा साना ठुला गरि ३० भन्दा बढी उद्योग सञ्चालनमा रहेको उद्योग वाणिज्य संग चन्द्रौटाका अध्यक्ष इश्वरी पाण्डेले बताए ।
शिवराज नगरपालिका भित्र सञ्चालनमा रहेका उद्योगहरुले आफुलाई चाहिएका जनशक्ति अन्य मुलुक बाट ल्याउनु पर्ने बाध्यता रहेको र नेपालकमा रहेका जनशक्ति अन्य मुलुकमा श्रम रोजगारमा जाने बाध्यताको अन्त्य हुने विश्वास लिएको नेकपा एमालेका नेता तथा शिवराजका नगर सचिव शरद अधिकारीले बताए ।
कार्यविधिले नगर भित्र रहेका जनशक्तिहरुको वर्गिकरण गरि कार्यदक्षताको आधारमा रोजगार दिने र यसबाट शिवराजका युवाहरुलाई आफनो नगर भित्र स्वरोजगार बनाउने थापाले बताए । मेयर थापाले शिवराज नगरपालिकामा धेरै कलकारखाना र उद्योग भएकाले यस क्षेत्रका प्रविधियुक्त र दक्ष तथा अदक्ष श्रमशक्ति युवाहरूले रोजगार पाउने बताए । कार्यपालिका सदस्य तथा वडा न ५ का वडा अध्यक्ष नेत्र प्रसाद बेल्वासेले कार्यविधि राम्रो भएको र यसले नगरमा राम्रो सन्देश जाने भएकोले कार्यक्रमको समर्थन गरिएको बताए ।















प्रतिक्रिया