२९ आश्विन २०८३, बिहिबार

अल्का अस्पतालले स्वास्थ्य शिविर गर्ने, एमआरआइ र सिटी स्क्यान निःशुल्क

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, १६ पुस । अल्का अस्पतालले यही पुस १८ गतेदेखि निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । जावलाखेलमा रहेको अल्का अस्पतालले १८ गतेदेखि २२ गतेसम्म निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्न लागेको अस्पतालका प्रशासन प्रमुख भगवान केसीले जानकारी दिए ।

अस्पताल परिसरमा हुने निःशुल्क स्वास्थ्य शिविरमा आइभिएफ, मधुमेह तथा न्युरो साइकियाट्रिक विशेषज्ञबाट स्वास्थ्य जाँच गरिने उनले बताए । शिविरमा स्वास्थ्य जाँच गरिएकाहरुलाई चिकित्सकको सिफारिस अनुसार निःशुल्क ल्याव जाँच र औषधि वितरण पनि गरिने अस्पतालले जनाएको छ ।

शिविरमा सहभागी इच्छुकलाई आइभिएफमा १ लाख छुटको व्यवस्था मिलाइएको अस्पतालले जनाएको छ । त्यस्तै एमआरआइ र सिटी स्क्यान पनि निःशुल्क गरिने अस्पताल प्रशासनले जनाएको छ। शिविरमा सहभागीहरुले एक महिनासम्म फलो अप गर्दा पनि कुनै शुल्क नलाग्ने अस्पतालले जनाएको छ ।

अल्का अस्पतालले यसअघि लमजुङ्ग, मकवानपुर, काभ्रे लगायतका दर्जनौ जिल्लाहरुमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिसकेको छ । अस्पताल २०६२ साल फागुन ३ गतेदेखि सञ्चालनमा आएको हो । ‘बिरामीहरुको उपचार राख्न हामी ख्याल गर्छौ’ भन्ने स्लोगनसहित कुमार थापाले अल्का अस्पताल सञ्चालन गरेका हुन् ।

अल्का अस्पतालमा एक सय शैया छ । अस्पतालले केही समय अघि अल्का आइभिएफ सेन्टर र डाइबेटिज सेन्टरको स्तरउन्नती गरेको थियो ।

अस्पतालले उपचारमा भित्रिएका नयाँ नयाँ प्रविधिहरु भित्र्याएर बिरामीहरुलाई सेवा दिदैँ आइरहेको छ। अस्पतालमा सुविधा सम्पन्न एनआइसियू कक्षको साथै टेस्ट ट्यूब बेबी सेवा, प्रसुति तथा महिला रोग सेवा, डाइबेटिज, बालरोग, मुटु रोग, तथा यसका सम्पुर्ण परीक्षण हुदैँ आएको अस्पतालले जनाएको छ ।