
काठमाडौं, १५ पुस । ब्राजिलका महान फुटबलर पेलेको निधनबाट अहिले विश्व नै शोकमा डुबेको छ । झन् फुटबल प्रेमिहरुका लागि पेलेको निधनले अपुरणीय क्षति पुगेको छ ।
यसैबीच, पेलेको निधनमा विश्वका महान खेलाडीहरुले दुख व्यक्त गरिरहेका छन् । पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोले पेलेको निधनमा दुख व्यक्त गर्दै मर्मस्पर्शी स्टाटस लेखेका छन् ।
रोनाल्डोले पेलेलाई कहिल्यै बिर्सन नसकिने बताएका छन् । ‘सम्पूर्ण ब्राजिलका लागि मेरो गहिरो संवेदना, र विशेष गरी एडसन एरान्टेस डो नासिमेन्टोको परिवारलाई । शाश्वत राजा पेलेलाई केवल ‘अलबिदा’ मात्र सम्पूर्ण फुटबल संसारले हारेको पीडा व्यक्त गर्न कहिल्यै पर्याप्त हुने छैन,’ रोनाल्डोले लेखेका छन् ।
लाखौँका लागि प्रेरणा रहेका पेलेलाई सदा सम्झिरहने उनले बताएका छन् । ‘तपाईँले मलाई देखाउनुभएको माया प्रत्येक पलमा मैले टाढाबाट पनि स्मरण गरिरहनेछु,’ रोनाल्डोले फेसबुकमा लेखेका छन् ।















प्रतिक्रिया