
मोरङ, १४ पुस । मंसिर ४ गतेको निर्वाचनबाट निर्वाचित सांसद योगेन्द्र मण्डल एमालेबाट निष्कासित भएका छन् ।
मोरङ निर्वाचन क्षेत्र नं. ५ बाट विजयी मण्डलसँगै एमाले मोरङका सचिव रुपेश खतिवडा र प्रदेश सभाकी पूर्वसांसद बसन्तीदेवी यादवलाई पार्टी सदस्यता समेत नरहने गरी निस्कासन गरिएको छ ।
हिजो बुधबार बसेको एमाले मोरङको पाँचौं पूर्ण बैठकबाट उनीहरूलाई निस्कासित गरिएको पार्टी अध्यक्ष ऋषिकेश पोखरेलले जानकारी दिए ।
मण्डलले एमालेबाट टिकट नपाएपछि विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका थिए ।















प्रतिक्रिया