
काठमाडौं, १४ पुस । रौतहट निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित स्वतन्त्र सांसद प्रभु साहले नयाँ पार्टी गठन गरेका छन् ।
साहले आम जनता पार्टी गठन गरेका हुन् । साहले बिहीबार पत्रकार सम्मेलन गरी पार्टी गठनको घोषणा गरेका हुन्।
यस्तै, साहले ५१ सदस्यीय तदर्थ केन्द्रीय कमिटी समेत गठन गरेका छन् । सातै प्रदेशमा पार्टीका अध्यक्ष र इन्चार्जसमेत तोकिएका छन् ।















प्रतिक्रिया