३१ आश्विन २०८३, शनिबार

गृहमन्त्री रविले लिएनन् पिर्के सलामी

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ पुस । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने बिहीबार निजी निवासबाट सरकारी निवासमा सरेका छन् ।

मन्त्री लामिछाने हरिहरभवनस्थित सरकारी निवासमा सरेका हुन् । निवास प्रवेशका क्रममा सेनाको एक टुकडीले गृहमन्त्री लामिछानेलाई सलामी दिएको थियो ।

रविको सलामीमा यसअघिका तथा अन्य मन्त्रीहरुको भन्दा केहि फरक दृश्य देखियो । सलामी अर्पणका क्रममा मन्त्रीहरुले पिर्का माथि उभिएर सलामी लिने गरेका थिए ।

तर, रविले भने पिर्कामाथि उभिएर सलामी लिएनन् । उनले पहिलै पिर्का नराख्न अनुरोध गरेका थिए । उनले भुईँमा उभिएरै सलामी लिएका हुन् ।