
काठमाडौं, १४ पुस । दिवंगत राजा वीरेन्द्र शाहको ७८औं जन्मजयन्ती बिहीबार मनाइएको छ ।
बुबा महेन्द्र तथा आमा इन्द्र राज्य लक्ष्मीदेवी शाहको कोखबाट वीरेन्द्रको जन्म वि.सं. २००२ साल पुस १४ गते भएको थियो ।
स्वर्गीय राजा वीरेन्द्रको जन्म जयन्तीका दिन ललितपुरको जावलाखेलस्थित शालीकमा माल्यार्पण गरिएको थियो । वि.सं. २०२८ सालमा नेपालको राजा बनेका वीरेन्द्रले २०४६ सालको जनआन्दोलन पछि प्रजातन्त्रको पुनर्बहाली गर्ने निर्णय गरेका थिए । त्यसपछि देशमा बहुदलीय व्यवस्था आएको थियो ।
नेपाललाई शान्ति क्षेत्र बनाउने प्रश्ताव विश्वसामु राखेर शान्तिवादी राजाको छवि बनाएका वीरेन्द्रलाई जनप्रेमी राजाका रुपमा पनि चिनिन्छ । इतिहासकै अकल्पनीय घटना मानिएको २०५८ साल जेठ १९ गते शुक्रवारको नारायणहिटी दरबार हत्याकाण्डमा वीरेन्द्रको वंश नाश भएको थियो ।
तत्कालिन रानी ऐश्वर्य, युवराज, दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुतीलगायतको हत्या भएको नारायणहिटी हत्याकाण्ड अझै रहस्यमय छ ।















प्रतिक्रिया