१ कार्तिक २०८३, शनिबार

बिना अनुमति सुरक्षा अधिकारीहरुले नेतालाई भेट्न नपाउने

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ पुस । गृह मन्त्रालयले सुरक्षा निकायका अधिकारीहरुलाई मनोमानी रुपमा दलका नेताहरुसँग भेट्न रोक लगाएको छ ।

गृहमन्त्रालयले विज्ञप्ति जारी गर्दै सुरक्षा निकायका पदाधिकारीहरुले राजनीतिक दलका नेताहरुसँग भेट्नुपरेमा स्वीकृति लिनुपर्ने जनाएको छ ।

गृहका प्रवक्ता तथा सहसचिव फणिन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा कसैलाई भेट्नुपर्ने भए विभागीय स्वीकृति लिएर मात्र भेट्नुपर्ने उल्लेख गरिएको छ ।

गृहको निर्देशन विपरित कार्य गरेको पाइएमा अनुशासन कारबाही हुने चेतावनी पनि मन्त्रालयले दिएको छ ।