१ कार्तिक २०८३, शनिबार

एमाले बागमती प्रदेश संसदीय दलको नेतामा थपलिया चयन

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, १४ पुस । नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेतामा जगन्नाथ थपलिया (जे.एन) चयन भएका छन् ।

एमाले संसदीय दलको कार्यालय हेटौंडामा बिहीबार बसेको संसदीय दलको बैठकले पार्टीका केन्द्रीय सदस्यसमेत रहेका थपलियालाई सर्वसम्मत दलको नेतामा चयन गरेको हो ।

गत मंसिर ४ मा भएको निर्वाचनमा थपलिया चितवन क्षेत्र नम्बर १ (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

बागमतीमा प्रदेशसभामा एमालेबाट २७ सांसद रहेका छन् ।