१ कार्तिक २०८३, शनिबार

नयाँ चलचित्र बनाउँदै दीपक मनाङ्गे

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ पुस । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दीपक मनाङ्गेले नयाँ चलचित्र निर्माण गर्ने भएका छन् ।

मनाङ्गेले चलचित्र ‘हात्तीछाप’ निर्माण गर्ने भएका हुन् । हात्तीछापमा दयाहाङ राई र सौगात मल्ल लगायत कलाकारको मुख्य भूमिका रहने छ ।

सिमोस सुनुवारले निर्देशन गर्ने यो फिल्मको छायांकन चैतदेखि पाल्पा र काठमाडौंमा गर्ने तयारी छ । एक्सन थ्रिलर फिल्ममा पुष्कर गुरुङ, बुद्धि तामाङ र प्रकाश घिमिरेको समेत अभिनय हुनेछ ।

हात्तिछाप मनाङ्गेको चौथो चलचित्र हो । यसअघि उनले फिल्म वान वे, पोइ पर्‍यो काले र दुई नम्बरी निर्माण गरेका छन् ।

दुई करोड रुपैयाँ बजेटमा बन्ने हात्तीछाप निर्माणमा मनाङेले व्यवसायी अमलादेवी राईसँग सहकार्य गर्नेछन् ।