शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

मेसी बसेको कोठालाई संग्राहलय बनाउने कतारको घोषणा

दैनिक नेपाल २०७९ पुष १३ गते १९:२८

काठमाडौं, १३ पुस । कतार सरकारले कतार फिफा विश्वकपका दौराना अर्जेन्टिनी फुटबल स्टार लियोनल मेसी बसेका विश्वविद्यालयको कोठालाई संग्रहालय बनाउने घोषणा गरेको छ ।

कतारले मेसी बसेको कोठालाई ‘मिनी म्युजियम’ बनाउने भएको हो । उक्त कोठालाई अब संग्रहालयका रूपमा सजाइने र पाहुना र विद्यार्थीहरूलाई अवलोकन गर्न दिइनेछ ।

उक्त कोठका सामानहरु र सजावटहरुमा कुनै पनि परिवर्तन नगरि जस्ताको तस्तै राखिने छ ।

गतसाता सम्पन्न विश्वकपको फाइनल खेलमा मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै विश्वकपको उपाधि जितेको थियो ।

प्रतिक्रिया
सम्बन्धित