१ कार्तिक २०८३, शनिबार

राप्रपा पनि सरकारमा जानुपर्ने भन्दै लिङ्देनलाई पार्टीभित्रैबाट दबाव

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी पनि सरकारमा सहभागी हुनुपर्ने भन्दै राप्रपाका नेताहरुले अध्यक्ष राजेन्द्र लिङ्देनलाई दबाव दिएका छन् ।

बुधबार धुम्बाराहीस्थित पार्टी कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकमा अधिकांश नेताहरुले राप्रपा पनि सरकारमा जानुपर्ने भन्दै नेतृत्वलाई दबाव दिएका हुन् ।

बैठक बिहीबार पनि बस्नेछ । बुधबारको बैठकमा २५ जना नेताहरुले बोलेका थिए । अधिकांशले राप्रपा सरकारमा जान ढिला गर्न नहुने सुझाव दिएका छन् ।

बाँकी रहेका १५ जनाले बिहीबारको बैठकमा धारणा राख्नेछन् ।