१ कार्तिक २०८३, शनिबार

बालुवाटारस्थित सरकारी निवासमा सरे प्रधानमन्त्री प्रचण्ड

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बालुवाटारस्थित सरकारी निवासमा सरेका छन् ।

पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार बिहान बालुवाटार छोडेसँगै प्रचण्ड साँझ खुमलटारबाट बालुवाटार सरेका हुन् ।

पूर्वप्रधानमन्त्री देउवा धुम्बाराहीस्थित भाडाको घरमा सरेका छन् । बुढानीलकण्ठस्थित घर मर्मत भइरहेकाले देउवा भाडाको घरमा सरेका हुन् ।

बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई कर्मचारी, सुरक्षाकर्मी लगाएतले स्वागत गरेका थिए भने प्रधानमन्त्रीको सम्मानमा सलामी अर्पण गरिएको थियो ।

त्यसलगतै पूजापाठपछि प्रचण्ड मुख्य भवनमा प्रवेश गरेका थिए ।