
काठमाडौं, १३ पुस । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बुधबार राहधानी विभागको अनुगमन गरेका छन् ।
बुधबार दिउँसो त्रिपुरेश्वरस्थित राहदानी विभागमा पुगेर अनुगमन गरेका हुन् ।
राहदानी बनाउने सेवाग्राही रातिदेखि नै लाइनमा लाग्नुपर्ने बाध्यता रहेको भन्दै सरकारको आलोचना भइरहेका बेला उपप्रधानमन्त्री लामिछाने विभागको अनुगमनमा गएका हुन् ।
गृहमन्त्री लामिछानेले सेवाग्राहीहरुले भोग्नु परेका समस्याकाबारेमा जानकारी लिँदै सेवाग्राहीहरुलाई छिटो र छरितो सेवा दिन कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।















प्रतिक्रिया