१ कार्तिक २०८३, शनिबार

प्रचण्ड निवासमा साढे दुई घण्टा प्रचण्ड र ओलीबीच के–के छलफल भयो ?

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ पुस । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बुधबार साढे दुई घण्टा छलफल भएको छ ।

छलफलका लागि अध्यक्ष ओली प्रचण्ड निवास खुमलटार पुगेका थिए । दुई शीर्ष नेताबीच विशेषगरी सरकार सञ्चालनका लागि नीति कार्यक्रम के कस्ता बनाउने र कसरी जाने भन्ने विषयमै छलफल केन्द्रीत भएको बताइएको छ ।

सरकारको पहिलो मन्त्रीपरिषद् बैठकले गरेको निर्णयलाई कार्यान्वयनको तहसम्म पुराउने बिषयमा पनि छलफल भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

सरकारको साझा कार्यक्रमका साथै पदको भागबण्डा लगाएतका बिषयमा छलफल गर्न बिहीबार सत्ता साझेदार दलहरुको बैठक बस्ने र आवश्यक निष्कर्ष निस्कने मल्लले जानकारी दिए । यस्तै, बिहीबार बस्ने बैठकका एजेण्डासमेत तय गरिएको छ ।

छलफलमा प्रधानमन्त्री प्रचण्डले नेकपा एकीकृत समाजवादी पार्टीलाई पनि सरकारमा ल्याउने प्रस्ताव ओलीलाई सुनाएका थिए ।

अध्यक्ष ओली पनि नेकपा एसलाई सरकारमा सहभागी गराउने प्रस्तावमा सकारात्मक रहेका बताइएको छ ।