
काठमाडौं, १३ पुस । कोरोना महामारीको जोखिम देखाउँदै चीनले बन्द गरेको रसुवागढी नाका झण्डै ३ वर्षपछि खुलेको छ ।
कोरोना महामारीका कारण रोकिएको सामान निर्यात मंगलबारदेखि पुन: सुरु भएको रसुवा भन्सार कार्यालयले जनाएको छ । मंगलबार नेपालबाट ८ कन्टेनर सामान चीनतर्फ निकासी भएको रसुवा भन्सार कार्यालयले जानकारी दिएको छ ।
रसुवागढी चीनबाट नेपालमा व्यापार हुने सबैभन्दा पुरानो नाका हो । रसुवागढी नाका हुँदै नेपालमा तयारी कपडा, स्याउ, जुत्ताचप्पल, झोला, मोटरको ब्याट्री, प्लास्टिकका सामानलगायत आयात हुने गरेको छ ।
यस्तै,नेपालबाट चीनतर्फ पस्मिना, गलैंचा, बाँसका मुढा, अम्रिसो, मैदा, वनस्पति घिउ, चाउचाउ, पास्ता, बिस्कुट, जुस, जाम, चिउरा, लप्सी क्यान्डी, चकलेट, सक्खर, चुइँगमलगायत वस्तु निर्यात हुँदै आएको छ ।















प्रतिक्रिया