बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

देउवाको नाडी छाम्दै आरजू !

दैनिक नेपाल २०७९ पुष १२ गते १४:१६

काठमाडौं, १२ पुस । भर्खरै मात्र प्रधानमन्त्रीबाट हटेका काँग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी अर्थात काँग्रेस नेतृ आरजू देउवा राणाको तस्वीर यतिबेला सामाजिक सञ्जालमा भाइरल छ ।

तस्वीरमा आरजुले शेरबहादुरको ब्लड प्रेसर नापिरहको देखिएको छ । बेडरुममा खिचिएको यो तस्वीरलाई वर्तमान सन्दर्भसँग जोड्दै व्यंग्य पनि भइरहेको छ ।

राजनीतिक कोर्श परिवर्तन भएपछि यतिबेला कांग्रेस सभापति देउवा र उनकी पत्नी आरजुको सबैभन्दा बढी पार्टीभित्रैबाट आलोचना भइरहेको छ ।

उनीहरुकै कारण गठबन्धन भाँडिएर काँग्रेस सत्ताबाट सखाप भएको भन्दै काँग्रेस कार्यकर्ताहरुले सामाजिक सञ्जाल रंग्याइरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित