
काठमाडौं, ११ पुस । एमालेसहितको नयाँ सात दलीय सत्ता गठबन्धनको बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा बस्दैछ ।
अहिले पार्टीका शीर्ष नेताहरु बानेश्वर पुग्ने क्रम जारी रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराई संसद् भवन नयाँबानेश्वर पुगिसकेका छन् ।
बैठकमा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति सहभागी हुने छन् ।
सात दल र तीन जना स्वतन्त्र सांसद गरी १६९ सांसदको समर्थनसहित प्रचण्ड आइतबार प्रधानमन्त्री नियुक्त भएका थिए ।















प्रतिक्रिया