
काठमाडौं, ११ पुस । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई प्रहरीले पक्राउ गरेको छ ।
सुन कारोबारीबाट रकम असुलेको सूचनाका आधारमा प्रहरीले डीएसपी केसीलाई बुटवलस्थित निवासबाटै पक्राउ गरेको हो ।
काठमाडौंबाट खटिएको केन्द्रीय अनुुसन्धान ब्युरो सीआईबीको टोलीले उनको घरमा घानतलासीका क्रममा ३५ तोला सुन र २५ लाख नगद पनि बरामद गरेको छ ।
डीएसपी केसीले गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर २५ लाख रुपैयाँ मागेको आरोप लागेको छ ।
पक्राउ परेका डीएसपी आजै सरुवा भएर जिल्ला प्रहरी कार्यालय कास्की जाने तयारीमा थिए ।















प्रतिक्रिया