१ कार्तिक २०८३, शनिबार

दिनभरका TOP 15 NEWS

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपालको ४४औँ प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।

नेकपा एमालेको प्रस्तावमा प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका हुन् । प्रचण्डलाई भोलि राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ गराउने कार्यक्रम रहेको छ । माओवादी र एमालेले आधाआधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति अनुसार पहिलो कार्यकालका लागि प्रचण्ड प्रधानमन्त्री बनेका हुन् ।

प्रचण्डलाई तीन जना स्वतन्त्र सांसदहरुको समर्थन पनि रहेको छ ।

यस्तै, नेकपा एकीकृत समाजवादी तत्काल सरकारमा नजाने भएको छ । आइतबार बसेको नेकपा एसको बैठकले पर्ख र हेरको नीति अवलम्बन गर्ने निर्णय गरेको हो ।

हेरौँ आइतबार दिनभरका मुख्य -मुख्य समाचारका हेडलाइनहरु–

१. प्रचण्ड बने प्रधानमन्त्री : १६९ जना सांसदको समर्थन पाएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त, सपथ भोलि अपराह्न ४ बजे शीतलनिवासमा हुँदै ।

२. बालकोट बैठकको सप्राइज : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउने बालकोट बैठकमा सहभागी सात दलको निर्णय, एमाले र माओवादीले आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति ।

३. उपराष्ट्रपतिको जोड : नेपाल र भारतबीचको सम्बन्ध अझै व्यापक र विस्तार हुनुपर्ने उपराष्ट्रपति नन्दबहादुर पुनको भनाइ, नेपाल र भारतबीच सदियौँदेखि निकै पुरानो सम्बन्ध रहेको र त्यसलाई अझै बहुआयामिक र मैत्रीपूर्ण बनाउनुपर्नेमा जोड ।

४. तीन स्वतन्त्रको पनि समर्थन : प्रधानमन्त्री नियुक्त भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सात दल र स्वतन्त्र गरी १६९ सांसदको समर्थन, स्वतन्त्र सांसदहरु प्रभु शाह, किरणकुमार शाह र डा अमरेशकुमार सिंहको पनि साथ ।

५. हतारको निर्णय : नेकपा एकीकृत समाजवादी पार्टी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी नहुने, पर्ख र हेरको नीति अवलम्बन गर्ने केन्द्रीय सचिवालय बैठकको निर्णय ।

६. एससँग वार्ता जारी : नेकपा एकीकृत समाजवादीलाई पनि सरकारमा ल्याउन वार्ता भइरहेको नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको भनाई, जनताको चाहना सम्बोधन हुने गरी माओवादीलगायत दलहरूसँग सहमति गरेको दाबी ।

७. प्रचण्डलाई देउवाले धोका दिए : पार्टी सभापति शेरबहादुर देउवाकै कारण गठबन्धन टुटेको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको आरोप, देउवाले प्रचण्डलाई धोका दिएका कारण गठबन्धन टुटेको टिप्पणी ।

८. अधिकारी र कार्की बने संसदीय दलको नेता : नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलको नेतामा पार्टी स्थायी कमिटी सदस्य खगराज अधिकारी र प्रदेश १ संसदीय दलको नेतामा हिक्मत कार्की सर्वसम्मत चयन, दलको आकांक्षी समेत रहेका तिलकुमार म्याङ्बो नै बसे कार्कीको प्रस्तावक ।

९. रञ्जिता संसदीय दलको नेता : नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेतामा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी चयन, दलको प्रमुख सचेतकमा गंगाराम चौधरी र सचेतकमा अरुण कुमार चौधरी चुनिए ।

१०. सांसदको सपथ भोलि : प्रदेश नं १ का प्रदेश सभा सदस्यले भोलि शपथ ग्रहण गर्दे, सकेसम्म राष्ट्रिय वा सांस्कृतिक पहिचान झल्किने पोशाकमा उपस्थित हुन निर्देशन ।

११. कारागार चलान : बैतडीको पञ्चेश्वर–४ सौलोडाकी २१ वर्षीया माया लुहारको हत्या आरोपमा पक्राउ परेका भरतराम कोली कारागार चलान, लुहारको हत्या आर्फैले गरेको स्वीकार ।

१२. परीक्षण उडान सफल : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जेट विमानले गर्र्‍यो परीक्षण उडान, अङ्ग्रेजी नयाँ वर्षदेखि नियमित उडान गरिन् ।

१३. सुनको मूल्य बढ्यो : आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा २ सयले रुपैयाँले बढ्यो, छापावाल सुन १ लाख ५ सय र तेजावी सुन १ लाख रुपैयाँमा कारोबार, स्थिर रहेको चाँदी तोलामा १ हजार ३ सय ९० रुपैयाँमा कारोबार ।

१४. भवन भत्किँदा तीनजना घाइते : इरानको राजधानी तेहरानमा आइतबार दुईतले भवन भत्किँदा कम्तीमा तीन जना घाइते, कामदारहरू पुरानो भवन भत्काउन व्यस्त रहेकाले थुप्रै कामदार पुरिएको आशंका ।

१५. नेपाल लगातार पराजित : नेपाल बंगलादेशमा जारी बगबन्धु एशियन यू–२३ सेन्ट्रल एशियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल च्याम्पियनशीपको सेमिफाइनलमा पराजित, आयोजक बंगलादेश ३–० को सोझो सेटमा विजयी ।