१ कार्तिक २०८३, आइतबार

नागरिक उन्मुक्ति पार्टी संसदीय दलको नेतामा रञ्जिता चयन, सचेतक र प्रदेशमा को–को ?

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० पुस । नागरिक उन्मुक्ति पार्टीले संसदीय दलको नेतामा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई चयन गरेको छ ।

पार्टीले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै काठमाडौंमा यही पुष ८ र ९ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले श्रेष्ठ चौधरीलाई दलको नेता चयन गरेको जानकारी दिएको हो ।

त्यस्तै, दलको प्रमुख सचेतकमा गंगाराम चौधरी र सचेतकमा अरुण कुमार चौधरीलाई चयन गरेको छ ।

यस्तै, सुदूरपश्चिम प्रदेशसभामा संसदीय दलको नेतामा रामेश्वर चौधरी, प्रमुख सचेतकमा लक्ष्मण किशोर चौधरी र सचेतकमा घनश्याम चौधरीलाई चयन गर्ने निर्णय गरेको छ ।

त्यस्तै, लुम्बिनी प्रदेशसभामा दलको नेतामा धर्मबहादुर चौधरी, प्रमुख सचेतक राजकुमार चौधरी र सचेतकमा नरमाया ढकाललाई चयन गरेको छ भने मधेस प्रदेशसभामा उर्मिला सिंहलाई संसदीय दलको नेतामा छनोट गरेको छ ।

उन्मुक्ति पार्टीले आगामी २०८० साल वैशाख ४ गतेदेखि ६ गतेसम्म कैलालीको टीकापुरमा महाधिवेशन गर्ने निर्णय गरेको छ ।