
काठमाडौं, १० पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री नियुक्त भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई संविधानको धारा ७६ को (२) अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।
प्रधानमन्त्रीको शपथ सोमबार ४ बजे तय गरिएको राष्ट्रपति कार्यालयले बताएको छ ।
प्रचण्ड तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । प्रचण्डलाई नेकपा एमालेसहित सात दल र ३ स्वतन्त्र गरी १६९ सांसदको समर्थन रहेको छ ।
















प्रतिक्रिया