
काठमाडौं, १० पुस । बालकोटमा चार दलीय बैठक सुरु भएको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा नेकपा एमाले, मओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच छलफल सुरु भएको हो ।
छलफलमा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकलम दाहाल प्रचण्ड, रास्वपाका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष आशोक राई छलफलमा जुटेका हुन् । छलफल नेकपा एमालेका महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल पनि सहभागी छन् ।
चार दलबीच नयाँ सरकार गठनका विषयमा छलफल भइरहेको हो । कांग्रेससँग सहमति नभएपछि माओवादी अध्यक्ष प्रचण्ड बालकोट पुगेपछि अन्य शीर्ष नेताहरु पनि बालकोट पुगेर छलफलमा बसेका हुन् ।
यस्तै, केहि समयअघि मात्रै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदन पनि ओलीसँग छलफल गरेर बाहिरिएका थिए ।















प्रतिक्रिया