
काठमाडौं, १० पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने पनि बालकोट पुगेका छन्।
नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा सकिन लाग्दा लामिछानेपनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका हुन् ।
बालकोटमा यसअघि नै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन पनि पुगिसकेका छन् ।
ओलीले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई भेटे लगतै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेसँग भेटघाट गरी रहेका छन् ।















प्रतिक्रिया