१ कार्तिक २०८३, शनिबार

छोरीको पहिलोपटक महिनावारी भएपछि परिवारले पार्टी दिए

882
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० पुस । छोरी पहिलोपटक महिनावारी भएको अवसरमा एक दम्पतीले खुसीयाली मनाएका छन् ।

प्रकाश सिलवाल र यशोदा सिलवालले ११ वर्षकी छोरी पहिलोपटक महिनावारी भएपछि खुसीयाली मनाउँदै पार्टी दिएका हुन् । त्यसअवसरमा उनीहरुले केटसमेत काटेका थिए ।

प्रकाश र यशोदा पेशाले पत्रकार हुन् । प्रकाश राष्ट्रिय समाचार समितिमा आवद्व छन् भने यशोदा रेडियो नेपालमा कार्यरत छिन् ।

यशोदाले आफ्नो फेसबुकमा उक्त सेलिब्रेसनका तस्बिरहरू पोस्ट गरेकी छन् । महिनावारी पाप होइन उत्सव हो भनेर यो कार्यक्रम आयोजना गरेको उनको भनाइ छ।

महिनावारीलाई नकारात्मक दृष्टिले हेरिने नेपाली समाजमा उनीहरुको कदमको अधिकांशले प्रशंसा गरेका छन् ।