१ कार्तिक २०८३, शनिबार

२/२/१ लाई कार्यान्वयन गर्न महामन्त्री शर्माको जोड, रास्वपालाई पनि समेट्न सुझाव

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० पुस । नयाँ सरकारको नेतृत्वका विषयमा सत्तारुढ दलहरुबीच विवाद भइरहेका बेलामा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लचकता अपनाउनुपर्नेमा जोड दिएका छन् ।

शर्माले गठबन्धन टुट्न दिन नहुनेमा जोड दिँदै लचकता अपनाउनुपर्नेमा जोड दिएका हुन् । शर्माले प्रधानमन्त्रीका लागि २/ २/ १ को नीति नै परिपक्व भएको बताएका छन् ।

‘एक्लो बहुमतझ हामी कसैसँग छैन। गठबन्धन गरेर पनि सामान्य बहुमत नपाएको स्थिति छ। त्यसैले लचकता, सहकार्य र विश्वासको त्रीवेणी मन्त्र आत्मसात गरौं ! २/२/१ मा परिपक्वता छ । तर इमानदार कार्यान्वयनका लागि पारदर्शी एकता उत्तिकै जरुरी छ, शर्माले लेखेका छन् ।’

यस्तै, शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीलाईसमेत समेटेर अगाडि बढ्नुपर्ने बताएका छन् । ७ वटा बुँदा लेख्दै शर्माले सुझावसमेत प्रस्तुत गरेका छन् ।

उनले निम्न ६ बुँदा उल्लेख गरेका छन्।

१. गठबन्धन टुट्नु हुन्न

२. रास्वपा गाँसेर जानु तर्कपूर्ण

३. संसद ५ वर्ष टिकाउन साझा अपनत्व

४. लचकता, सहकार्य र विश्वासको त्रिवेणी मन्त्र

५. रुपान्तरण अनुभूति हुने सुशासनको सूत्रबद्ध योजना

६. सत्तामा अनुभवी र नयाँको संयोजन

७. राज्यको डेलिभरी क्षमता वृद्धिमा टिम स्पिरिट