
म्याग्दे (तनहुँ), ९ पुस । अधिकांश स्थानीय तहहरू उद्घाटन र वार्षिकोत्सवमा अल्झिरहँदा म्याग्दे गाँउपालिका भने जनताको घर घरमा पुगेको छ ।
म्याग्दे गाँउपालिकालाई उत्पादन र कृषिमा आत्मनिर्भर वनाउने योजनाका साथ व्यावसायिक कृषकलाई अनुदान उपलव्ध गराउन पालिका जनताको घरघरमा पुगेको हो ।

म्याग्दे गाँउपालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेको संयोजकत्वमा गठित समितिले पालिकाभित्रका दर्ता गरेर व्यवसाय गरेका कृषकको व्यवसायको अनुगमन तथा निरीक्षण गरेको हो । अनुगमनमा पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, समितिका संयोजक घिमिरे, सदस्यद्वय हिरा गुरुङ, अनु महत श्रेष्ठ र शाखाका प्रमुख श्रीकृष्ण पौडेलले पालिकाकाले व्यावसायिक कृषकका लागि अनुदान माग गरेको फर्मको अनुगमन तथा निरीक्षण गरेको हो ।

म्याग्दे गाँउपालिका वडा नं ६ को मन्धरा कृषि तथा पशुफर्मका संचालक मन्धरा आले दङ्ग परे । पालिकाका प्रमुख, उपप्रमुख सहितको टोली एक्कासी आफ्नो घरमा देखेर छक्क परेका मन्धरा पालिकाले आफ्नो फर्मको अनुगमन तथा निरीक्षणका लागि आएको बताएपछि खुसी व्यक्त गरे ।

कृषकको समस्या सुन्न पालिका नै घर आएपछि भएभरका समस्या सुनाए । पालिकाले व्यावसायिक कृषकका लागि अनुदान दिने सुनेर आवेदन दिएको थिए, तर पालिका नै घर आएर वस्तुस्थिति बुझ्न आउँदा पालिका जनताप्रति उत्तरदायी भएको पाएको आलेले बताए ।

म्याग्दे गाँउपालिकाले अनुदानका लागि व्यावसायिक कृषकलाई अनुदानका लागि निवदेन दिन आग्रह गरेसँगै कृषकले अनुदान माग गर्दै दिएको निवेदनको अनुगमन गरेको हो ।

पालिकाले व्यावसायिक कृषकका लागि यस आर्थिक वर्षमा वोका वितरणमा ३ लाख ५० हजार, औजार च्याप कटरमा १ लाख, माछाको भुरा खरिदका लागि, गोठ खोर निर्माणका लागि ४ लाख, लोकल कुखुरामा १ लाख विनियोजित वजेटबाट कृषकलाई अनुदान वितरण गर्न लागिएको अनुगमन समितिका संयोजक वालकृष्ण घिमिरेले वताए ।

अनुगमनका क्रममा जुठी कृषि तथा पशु फर्म म्याग्दे ६ तुरतुरे, विष्णु कृषि तथा पशु फर्म म्याग्दे, ६, मन्दरा कृषि तथा पशु फर्म, थापा कृषि तथा पशु फर्म, लाङघाली कृषि तथा पशु फर्म सिस्नेरी लगायतको फर्ममा पुगेर कृषकका धारणा सुनेका थिए । सो क्रममा पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले समृद्ध म्याग्दे वनाउनका लागि उत्पादन र कृषिमा जोडिन आवश्यक भएको बताए ।

जबसम्म उत्पादन हुँदैन, तवसम्म विकास र समृद्धि हुन सक्दैन, यसका लागि पालिकाले व्यावसायिक कृषकलाई अनुदानको व्यवस्था गरेको हो । अगामी आर्थिक वर्षमा यसको दायरा वृद्धि गरेर उत्पादनमा जोडिनका लागि प्रेरित गर्दछौँ, अध्यक्ष श्रेष्ठले बताए ।

अनुगमनको संयोजक बालकृष्ण घिमिरेले कृषकको गुनासो सुन्न र त्यसको समाधानका लागि फर्म अनुगमनमा आएको बताए । उत्पादित वस्तुको बजारीकरणका सम्बन्धमा पनि पालिकाले चाडै नै धारणा बनाउने बबताए ।

















प्रतिक्रिया