१ कार्तिक २०८३, आइतबार

दलगत र व्यक्तिगत स्वार्थभन्दा माथि नउठे देश मध्यावधि निर्वाचनमा जानसक्छ : अध्यक्ष ओली

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ पुस । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर ४ को निर्वाचनले देशका लागि सुखद परिणाम नदिएको बताउँदै मुलुक मध्यावधि निर्वाचनतर्फ जानसक्ने सम्भावना औंल्याएका छन् ।

प्युठान–काठमाडौं सम्पर्क मञ्चले आज पार्टी कार्यालय च्यासलमा आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा अध्यक्ष ओलीले सरकार गठनमा झमेला आइरह्यो र दलगत तथा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देशका लागि नसोच्ने हो भने देश घुमिफिरी मध्यावधितिर पनि जानसक्ने बताएका हुन् ।

वर्तमान गठबन्धन देशको हितविपरीत रहेकाले गठबन्धन नभत्किएसम्म मुलुकमा अस्थिरता जारी रहने ओलीको टिप्पणी छ ।