१ कार्तिक २०८३, आइतबार

समयमै निर्णय लिन नसक्दा प्रधानमन्त्री हुने प्रचण्डको सम्भावना सकियो : अध्यक्ष ओली

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समयमै निर्णय लिन नसक्दा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रधानमन्त्री बन्ने सम्भावना सकिएको बताएका छन् ।

आज शनिबार पार्टी कार्यालय च्यासलमा प्युठान–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा ओलीले प्रधानमन्त्री बन्ने प्रचण्डको सम्भावना समाप्त हुन लागेको बताएका हुन् ।

प्रधानमन्त्री तीव्र चाहना राखिरहेका प्रचण्डले समयमै निर्णय गर्न नसक्दा भएका सम्भावना समेत समाप्त हुन लागेको अध्यक्ष ओलीको भनाइ छ ।

सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले पुस १० गते (भोलि) बेलुका ५ बजेसम्मको समय दिएकी छिन् ।

सत्तारुढ गठबन्धनबाट प्रधानमन्त्री को हुने भन्नेमा सहमति जुटेको छैन । एमालेसँग भइरहेको आन्तरिक छलफलमा पनि निर्णय लिन ढिलाइ गरेका कारण दुवैतर्फबाट प्रचण्डको सम्भावना न्यून बन्दै गएको टिप्पणी ओलीको छ ।