
काठमाडौं, ९ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको गन्तव्य सरकार बनाउनु नभइ ‘सुखी नेपाली, समृद्ध नेपाल’ बनाउनु रहेको बताएका छन् ।
आज शनिबार पार्टी कार्यालय च्यासलमा प्युठान–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा ओलीले अरु पार्टीको गन्तव्य सरकार बनाउने भए पनि एमालेको गन्तव्य सरकार नभई ‘सुखी नेपाली, समृद्ध नेपाल’ बनाउने भएको बताएका हुन् ।
सरकारमा पुग्ने, मन्त्री हुने, कमाउने र खाने बाटो एमालेको नभएको चर्चा गर्दै उनले सरकार भन्दा पनि मुलुकमा स्थिरता र स्थायित्व कायम गर्नका लागि एमालेको ध्यान केन्द्रित रहेको धारणा व्यक्त गरे ।

प्रतिपक्ष वा सत्तापक्ष जहाँ भए पनि एमालेको भूमिका देश र जनताको पक्षमा प्रभावकारी हुने उनले बताएका छन् । अध्यक्ष ओलीले अब पार्टीका नीतिहरुलाई जनता र कार्यकर्ताकाबीच लाने र पार्टीका सवै तहलाई चुस्तदुरुस्त राख्न ध्यान केन्द्रित गर्ने बताए ।
उनले एमालेलाई सिध्याउन खोज्दा पार्टी अझै सवल ढङ्गले अघि बढेकाले अब सवलतालाई थप शुद्ध बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।















प्रतिक्रिया