१ कार्तिक २०८३, आइतबार

एमालेका कमिटीहरू आसन ग्रहण गर्ने माध्यम बनेको भन्दै अध्यक्ष ओलीले दिए यस्तो निर्देशन

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ पुस । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका हालका कमिटीहरू नेताहरूलाई आसन ग्रहण गर्ने माध्यम मात्रै बनेको बताएका छन् ।

प्युठान–काठमाडौं सम्पर्क मञ्चले अब शनिबार पार्टी कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले एमालेका अधिकांश कमिटीहरू लम्बेतान र आसन ग्रहणको माध्यममात्रै बनेकाले पुनर्संरचना आवश्यक भएको बताएका हुन् ।

‘नेताको काम आसन ग्रहण गर्ने होइन, जनता र कार्यकर्ताबीच जाने तथा उनीहरूलाई सक्रिय बनाउने हो । तर अहिले हाम्रो पार्टीका कमिटी लम्बेतान भए, जनता र पार्टीको काम गर्ने होइन आसन ग्रहण गर्नका लागि मात्र बनाइएको जस्तो भएको छ,’ अध्यक्ष ओलीले भने । अध्यक्ष ओलीले पार्टीका कमिटीहरू भद्दा भएको भन्दै चुस्त र सक्रिय बनाउन निर्देशन पनि दिएका छन् ।

निर्वाचनसँगै पार्टी र पार्टीका नेता कार्यकर्ताको भूमिका फेरिने बताउँदै उनले भने, ‘अहिलेसम्म हामी हाम्राविरुद्ध भएका संगठित हमलाको प्रतिवाद गर्ने, प्रतिक्रियावादीसँग मुकाबिला गरेर अस्तित्व जोगाउने चरणमा थियौँ । चुनावसँगै अब हाम्रो पार्टी थिग्रिएको छ । अब पार्टी कमिटीहरूलाई चुस्त बनाउने र जनतालाई सचेत गर्दै पार्टी बलियो बनाउने काममा लाग्नुपर्छ ।’